वीरगन्जमा ८ वर्षिय बालकको अपहरणपछि हत्या, भारतीयसहित ३ अपहरणकारी पक्राउ

काठमाडौं । वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ । 

गत शुक्रबार अपहरणमा परेका उक्त बालकको अपहरणपछि हत्या भएको हो । प्रहरीका अनुसार स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको पुष्टि गरेको छ ।

उक्त बालक गत शुक्रवार बिहान साढे १० बजेतिर अपहरणमा परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । 

प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीले विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । अपहरणकारीको कम्मरमुनि गोली लागेको छ ।

प्रहरीले नियन्त्रणमा लिइएकामध्ये विकास भारतीय नागरिक हुन् । शम्भुको घरनजिकै डेरा गरी बस्दै आएका भारततिय शर्मा अपहरणका मुख्य योजनाकार रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले त्यति धेरै पैसा दिन नसक्ने भन्दै ५ लाखमा सहमति गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?