आँखा उपचार केन्द्रलाई अक्षयकोषको एक लाख सहयोग

रामपुर । रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रलाई अक्षयकोष सहयोग प्राप्त भएको छ ।

रामपुर नगरपालिका–७ बस्ने झपेन्द्र न्यौपानेले छोरा दीपक न्यौपानेको स्मृतिमा एक लाख एक सयको रकम अक्षयकोष स्थापना गरेका छन् । 

भारतमा एक वर्षअघि छोराको अल्पायुमा निधन भएको थियो । छोराको सम्झनामा गरीब, दुःखी, विपन्नको उपचारमा सहयोग पुगोस् भनेर अक्षयकोष स्थापना गरेको सहयोगदाता झपेन्द्रले बताए ।

अक्षयकोष सहयोगदातालाई धन्यवाद दिँदै सो रकम जुन उद्देश्यअनुसार खडा गरिएको हो सोही अनुसार नै गरीब, दुःखी र विपन्न बिरामीको उपचारमा सहयोग गर्ने आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?