नेपालको बजेट २०७६ : खानेपानी र सरसफाइ क्षेत्रको लागि ४३ अर्ब ४६ करोड विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको २०७६-७७ को बजेटमा खानेपानी र सरसफाइ क्षेत्रका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

साथै आगामी वर्ष मेलम्चीको आयोजना पूरा गर्ने लक्ष्य लिएको छ । त्यसका लागि ७ अर्ब ३९ करोड रकम आज प्रस्तुत गरिएको बजेटबाट विनियोजन गरिएको छ ।

त्यस्तै आगामी वर्षमा ९२ प्रतिशत जनतालाई आधारभूत खानेपानीको पहुँच पुर्‍याउने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?