प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाइने,  श्रम तथा रोजगारीको क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको २०७६/७७ को बजेटमा श्रम तथा रोजगारीको क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ ।  साथै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड रकम पनि आज प्रस्तुत गरिएको बजेटबाट विनियोजन गरिएको छ ।

स्थानीय तहसँगको सहकार्यमा आफ्नो गाउँ आफै बनाऔंको भावना अनुसार विकास निर्माणका लागि बजेट विनियोजन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?