भटमास र फापर खेतीलाई प्राथमिकता दिइने

काठमाडौं । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको २०७६-७७ को बजेटमा कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा ३४ अर्ब ८० करोड विनियोजन गरिएको छ ।

आज प्रस्तुत गरिएको बजेटबाट एक स्थानीय तहमा कम्तीमा एक जना कृषि प्राविधिक राखिने छ । साथै सबैलाई स्वस्थ आहार अभियान सञ्चालन गरिने पनि बताए । कृषिको विकासका लागि भटमास र फापर खेतीलाई विशेष प्राथमिकता दिने पनि बताए ।

सरकारले आर्थिक वर्ष भित्रै कृषि मोबायल ‘एप्स’ पनि सञ्चालन गने बताए । 

यसैबीच प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड विनियोजन गरिएको छ । मुलुकलाई आधारभूत खाद्यान्नमा शीघ्र आत्मनिर्भर बनाइने पनि बताए । आगामी वर्ष दूध माछा र मासुमा आत्मनिर्भर बनाइने छ ।

आगामी ५ वर्षभित्र फलफूल बालीले ढाकेको क्षेत्रफल दोब्बर दोब्बर बनाइने पनि आजको बजेटमा प्रस्तुत गरिएको छ । साथै वैदेशिक रोजगारीबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गरिने पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?