पर्यटक बस दुर्घटना अपडेट : एकको मृत्यु, १५ घाइते, ८ को अवस्था गम्भिर

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका- १ मा पर्यटक बस दुर्घटना हुँदा एक जना पर्यटकको मृत्यु भएको छ भने १५ जना घाइते  भएका छन् । दुर्घटनामा पुरूषको मृत्यु भएको छ । उनको पहिचान भइसकेको छैन । घाईते १५ मध्ये ८ जना गम्भीर छन् ।

बस सडकबाट २०० मिटर तल खोलामा खसेको धादिङ प्रहरीले जनाएको छ  । 

सुनौलीबाट काठमाडैंतर्फ आउँदै  गरेको बा१प १३६३ नम्बरको पर्यटक बस र काठमाडैंबाट केरुङतर्फ जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर एक आपसमा ठोक्किंदा बस सडकबाट महेश खोलामा खसेको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?