सरकारले दिने उपहार नेपाली उत्पादन हुनुपर्ने : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । सरकारले औद्योगिक क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड बजेट छ्ट्याएको छ । 

सरकारले आजको बजेट भाषणबाटै केही औद्योगिक कोरिडोरको प्रस्ताव पनि गरेको छ भने नेपाल सरकारले दिने उपहार नेपाली उत्पादन हुनुपर्ने बताएको छ । त्यस्तै सुर्खेतमा बहुमुल्य पत्थरको प्रशोधन कारखाना सञ्चालनमा ल्याइने बताए ।

यसैबीच राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब विनियोजन गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले स्वदेशी कपडा उद्योगलाई प्रोत्साहित गर्न विजुली र ब्याजमा अनुदान दिने पनि बताए ।

उनले वैदेशिक भ्रमणका क्रममा दिइने उपहार स्वदेशी वस्तु नै दिइने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?