काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल २४ घण्टाभित्रै शीर्ष स्थानमा फर्किएको छ । अघिल्लो दिन आर्सनल जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो ।
आर्सनल भन्दा १ अंकले पछि रहेको लिभरपुलले बिहीबार राति भएको खेलमा सेफिल्ड युनाइडलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अंक थप गरेपछि शीर्ष स्थानमा २ अंकको अग्रता लिन सफल भयो । लिभरपुलले ३० खेलबाट ७० अंक बनाउँदा दोस्रो स्थानमा पुगेको आर्सनलको समान खेलबाट ६८ अंक रहेको छ ।
बिहीबार राति लिभरपुललाई जिताउन डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्ट र कोडी गाक्पोले एक ,एक गोल गरेका थिए । त्यसैगरी शेफिल्डले भने गरेको एक गोल उपहार रह्यो ।
१७ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा लिभरपुलका डिफेन्डर कोनोर ब्राडलेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा प्रहार गरेपछि सेफिल्डले खेल बराबरीमा ल्याएको थियो । ७६ औं मिनेटमा एलेक्सिसले लुइस डियाजको पासमा गोल गर्दै २–१ को अग्रता दिलाए ।
९० औं मिनेटमा कोटी गाक्पोले रोबर्टसनको पासमा गोल गरेपछि अन्ततः लिभरपुल ३–१ को जितका साथ शीर्ष स्थानमा फर्किन सफल भयो । पराजित भएको सेफिल्ड युनाइटेड भने १५ अंकका साथ पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया