अर्थमन्त्रीले भने, ‘सबै प्रकारका कार्टेलिङ र सिण्डिकेटको अन्त्य गछौँ’

काठमाडौं । सरकारले उद्योग बाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड बिनियोजन गरिएको छ । 

सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६ ७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषण गर्दै सबै प्रकारका कार्टेलिङ र सिण्डिकेट अन्त्य गरिने बताए । 

साथै उनले अनावश्यक आयातलाई घटाइने पनि बताए । कृषि आयातमा एन्टि डम्पिङ कानून लगाइने पनि अर्थमन्त्रीले बताए ।

साथै चोभारमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलसहितको सुख्खा बन्दरगाह निर्माण गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?