यातायात पूर्वाधार निर्माण : रेलको लागि मात्र ७ अर्ब ७० करोड रकम छुट्याइयो

काठमाडौं । सरकारले रेल, सडक लगायत यातायातका पूर्वाधार निर्माणका लागि १ खर्च ६३ अर्ब बजेट छुट्याएको छ । 

सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६ ७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषण गर्दै रेलको लागि मात्र ७ अर्ब ७० करोड रकम बिनियोजन गरिएको बताए ।

यातायातका पूर्वाधार निर्माणका लागि रेलले सबैभन्दा बढी रकम पाएको छ । त्यस्तै अर्थमन्त्री डा. खतिवडाले रेल मेट्रो रेल र मोनो रेलका लागि ७ अर्ब विनियोजन गरिएको बताए ।

त्यस्तै मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड, सडकहरु मर्मतका लागि ८ अर्ब, २ सय पुलहरु निर्माण सम्पन्न गर्न ७ अर्ब तथा राजमार्ग स्तरोन्नति र पुनर्स्थापना कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ ।

यसैगरि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्वचालित मेसिनबाट गाडी धुने व्यवस्था गरिने पनि उनले बताए । साथै काठमाडौंलाई धुलोमुक्त बनाउने पनि सरकारले आर्थिक वर्षमा काम अगाडि बढाउने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?