हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड, त्रिवि विमानस्थल २४ सै घण्टा सञ्चालन हुने

सरकारले हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड विनियोजन गरेको छ । 

सरकाले आज ल्याइको आगामी आर्थिक वर्षको बजेटमा त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गरी २४ सैै घण्टा सञ्चालन गर्ने जनाएको छ । 

यस्तै गौतमबुद्ध विमानस्थको आगामी आर्थिक वषर््भित्र निर्माण सक्ने सरकारको लक्ष्य छ । 

यसैगरी सरकारले पोखरा विमानस्थल अघि बढान ८ अर्ब विनियोजन गरेको छ।  

सुर्खेतमा नयाँ विमानस्थल बनाउन सम्भ्यावता अध्ययन गरिने पनि जनाइएको छ ।

यस्तै रात्रीकालीन उडानको लागि पूर्वाधार  नभएको स्थानमा पूर्वाधार विकास पनि गरिने भएको छ।  

नयाँ हवाइ मार्ग प्रयोगका लागि छिमेकी मुलुकसँग सम्झौता र  समझदारी गरिने पनि सरकारले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?