लोककल्याणकारी विज्ञापनको रकम १५ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम १५ प्रतिशतले वृद्धि गरेको छ । 

सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६ ७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषण गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजनको निजीकरण सम्पन्न गरी सार्वजनिक सञ्चार माध्यमको रुपमा विकास गरिने बताए ।

साथै काठमाडौंमा अत्याधुनिक स्टुडियो निर्माण पनि गर्ने बताए । आगामी वर्ष छायांकनका लागि नेपाल कार्यक्रम सञ्चालन गरिने पनि आजको बजेट भाषणमा प्रस्तुत गरेको छ ।

त्यस्तै सबै स्थानीय तहको वडा स्वास्थ्य केन्द्र र माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिने पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?