खोटाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ नाली बस्ने ३५ वर्षीय प्रकास परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया