महत्वकांक्षी बजेट,कार्यान्वयनमा आशंका  ः डा. रामशरण महत

पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका  नेता  डा. रामशरण महत महतले यो सरकारले ल्याएको बजेट महत्वकांक्षी र वितरणमुखी भएको टिप्पणी गरेका छन् । 

मोटामोटी रुपमा महत्वकांक्षी बजेट सार्वजनिक गरेको यस सरकारले स्थानीय सरकारको काम पनि केन्द्रले सञ्चालन गर्ने किसीमको बजेट ल्याएको भन्दै बजेट कार्यान्वयनमा आशंका व्यक्त गरे ।

लोकपथसँग उनले भने, ''यो प्रचारमुखी छ । कार्यान्वयमा जटिलता छ । वितरणमुखी छ ।''

सरकारले ल्याएको बजेट एकात्मक जस्तो भएको भन्दै उनले संघीय सरकारको बजेट यस्तो नहुने प्रतिक्रिया दिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?