बढ्यो तलबः मुख्यसचिवले ६५ हजार रूपैयाँ पाउने , कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४

सरकारले कर्मचारीको तलब बढाएको छ। आगामी साउन १ गतेदेखि मुख्यसचिवले ६५ हजार रूपैयाँ पाउने भएका छन् ।  

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट मार्फत् तलब बढाएका हुन्।

 

राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाइएको हो।

 

त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ।

 

कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?