काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन महिला तर्फको हाफ म्याराथन उपाधी सन्तोषी श्रेष्ठले जितेकी छिन । उनले निर्धारित २१.१किमिको दुरि १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोश्रो सस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि चुमेकी हुन् ।
नेपाली सेनाकी पुर्ण राज्य लक्ष्मी न्यौपानेले सो दुरि १ घन्टा १९ मिनेट २१ सेकेण्डमा पूरा गरि दोस्रो स्थान बनाउँदा एपिएफकि पुस्पा भण्डारीले १ घन्टा २५ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरी तेश्रो भइन ।
श्रेष्ठ, न्यौपाने र भण्डारीले क्रमश २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्का प्राप्त गरेको आयोजक नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया