ललितपुरको मेटल कारखानामा भएको आगलागीमा परी एक जनाको मृत्यु

लोकपथ
504
Shares

काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक कारखानामा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा लागेको आगलागीमा परेर एक जनाको मृत्यु भएको हो ।

आगो नियन्त्रणमा लिइसकेपछि एक पुरुषको शव जलेको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । शव जलेकाले आगलागीमा परी मृत्यु भएका पुरुषको सनाखत भने हुन सकेको छैन् ।

आगो नियन्त्रणमा आइसकेको छ भने विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?