आज भारत जाँदै ओली

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारतको औपचारिक भ्रमणमा जान लागेका छन् ।

ओली नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो एक बजेर ३५ मिनेटमा दिल्लीको लागि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सपथका कार्यक्रममा सहभागी हुन ओली  दिल्ली जान लागेका हुन् ।

दोस्रो कार्यकालका लागि मोदीले बिहीबार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?