काठमाडौं । नेपालले चौथो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालले २३ स्वर्ण, १८ रजत र २० कास्य पदक जित्यो ।नेपाल वादोरियो कराँते डो संघद्वारा आयोजित प्रतियोगितामा ३ रजत र १३ कास्य पदककासाथ दोश्रो भयो । १ रजत र ५ कास्य पदक जितेको बंगलादेश तेश्रो भयो ।
पुरुषमा नेपालका विजय कुँवर तथा महिलामा नेपालकै निमा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
सो अवसरमा आयोजक संघका अध्यक्ष एवं नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको पुरुष ५० केजीका स्वर्ण विजेता सोनाम लामालाई सम्मान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया