मोदीले पाकिस्तानका प्रधानमन्त्रीलाई शपथ ग्रहणमा बोलाएनन्, पाकिस्तानमा चर्को बहस

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लगातार दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिदैछन् । तर यसपटक भारतले आफ्ना छिमेकी पाकिस्तानलाई निम्तो दिएको छैन । भारतले निम्तो नदिएका कारण यस विषयलाई लिएर पाकिस्तानमा चर्को बहस भइरहेको छ । 

बिहिबार बेलुकी राष्ट्रपति भवनमा शपथ ग्रहण समारोहको आयोजना गरिनेछ जसमा आठ हजार पाहुनाको उपस्थिती हुने बताइएको छ । तर छिमेकी पाकिस्तानलाई भारतले डाकेको छैन । 

कुनै प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा यति ठूलो संख्यामा मानिसको उपस्थिती यो पहिलो हो  । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि भारतिय प्रधानमन्त्रीको सपथ ग्रहणका लागि जाँदैछन् । 

समारोहमा भारत र ६ अन्य देशका संगठन बिमस्टेकका सबै देश – नेपाल, भुटान, बंगलादेश, श्रीलङ्का, म्यान्मार र थाइल्याण्डका राष्ट्राध्यक्ष समावेश हुनेछन् ।

यसबाहेक मरिसस र किर्गिस्तानका पनि राष्ट्राध्यक्ष शपथ ग्रहणमा आउनेछन् ।

यद्यपी, पाकिस्तानले भारतको यो विशेष पलको साक्षी बन्ने आशा राखेको थियो । तर भारतिय निर्वाचनपछि मोदीले इमरानलाई बोलाएनन् । 

आफ्नो राष्ट्राध्यक्षलाई नबोलाइएकोमा पाकिस्तानको तर्फबाट प्रतिक्रिया आएको छ ।

त्यहाँका विदेशमन्त्री शाह महमूद कुरैशीले निम्तोको आशालाई ‘मुर्खता’ बताएका छन् ।  

 

सन् २०१४ मा मोदीको शपथ ग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफ पनि समावेश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?