काठमाडौं । काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’ लाई २ सय ८५ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट शुरु भएको खेलमा उल्भ्सले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८४ रन बनायो ।
उल्भ्सका लागि स्टीफन डोहेनीले सतकीय पारि खेले । उनले १२६ बलमा आफ्नो सतक पूरा गरे । १२९ बलको सामना गरेको डोहेनीले १०७ रनको पारि खेले । उनलाई रिजन ढकालले आउट गरे ।यस्तै, पिटर मुरले ४४ रन, मोर्गन टोप्पिङ २१ रन, फियोन ह्याण्ड २०,म्याथ्यु हम्फ्रेज १९ रनको जोड्दा क्याप्टेन निल रक १ रन बनाएर आउट भए ।
नेपालका लागि अर्जुन कुमार र रिजन ढकालले समान तीन–तीन विकेट लिदा, विकाश आग्री, रुपेश सिंह र साहब आलमले समान एक–एक विकेट लिए । यसअघि भएका दुई खेलमा नेपालले हार व्यहोर्दै सिरिज भने गुमाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया