हंगेरीको राजधानी बुडापेस्टमा ३३ जना सवार डुंगा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। १९ जना हराइरहेका छन् । डुंगामा रहेका ३३ जनामध्ये धेरै जसो दक्षिण कोरियाली नागरिक रहेको बताइएको छ।
नदीमा सवार ती डुंगा आपसमा ठोक्किएका थिए ।
पर्यटकहरुबीच प्रसिद्ध रहेको डानुबी नदीमा अत्याधिक वर्षाका कारण पानीको बहाव बढ्दा दुई डुंगा ठोक्किएको अनुमान गरिएको छ।
दुर्घटना भएको डुंगामा वेपत्ता भएका आफ्ना नागरिक खोज्न दक्षिण कोरियाले एक टोलीलाई हंगेरी पठाउने भएको छ।
हाल उद्धार टोलीहरुले डुंगा, गोताखोर, रडार, स्पट लाइट लगायतको साधन प्रयोग गरि हराइरहेका मानिसको खोजी गरिरहेको छ।
तर, वर्षाका कारण उद्धारकार्यमा समस्याहरु आएको अधिकारीहरुले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया