आगामी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभरको मेघ गर्जनसहित वर्षा हुनेछ ।
राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया