प्रधानमन्त्रीले पत्नी राधीकालाई भने, ”मैले बनावटी कुरा गरे विरोध गर्नू !”

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल महिला सशक्तिकरणको क्षेत्रमा नमुनाको रुपमा अघि बढीरहेको बताएका छन् ।

प्रथम राष्ट्रिय महिला अधिकार दिवशको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०६३ साल जेठ १६ गते पुनस्र्थापित संसदले पास गरेको महिला अधिकार सम्बन्धी बिधेयकले नेपालमा सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

‘महिला अधिकारको क्षेत्रमा कोशेढुंगाको रुपमा रहेको जेठ १६ गतेको दिनलाई सरकारले राष्ट्रिय महिला दिवशको रुपमा यस बर्ष देखि मनाउन सुरु गरेको हो । 

प्रधानमन्त्री ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गरे । तस्वीर गुगल  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?