बैंकिङ कसुर मुद्धाका एकजना प्रतिवादी पक्राउ

लोकपथ
0
Shares


काठमाडौं । बैंकिङ कसुर मुद्धाका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला दोरम्बा गा.पा. वडा नं. ३ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ८ लुभु बस्ने ५४ वर्षीय कोमल बहादुर मगर रहेका छन् ।

उनलाई बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत बबरमहलबाट २०८० साल फागुन ८ गते पक्राउ अनुमति दिएको थियो । सोही क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा हिजो (शनिवार) नयाँ बानेश्वर निजामती कर्मचारी अस्पतालबाट पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त सिंहदरवार अनामनगर पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?