काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ ।
सरकारले बुधवारराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समायोजन गरेको हो । सरकारले बजेटमा सडक मर्मतमा श्रोत अभाव हुन नदिन पेटेलियम पदार्थमा कर लिँदै मूल्य बढाएको हो ।
जस अनुसार पेट्रोलमा प्रतिलिटर १ रूपैया ५० पैसा बढेर १ सय ११ रूपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रूपैयाँ ५० पैसा बढेको छ ।
मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ९८ रूपैया ५० पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया