काठमाडौं । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिहीवार विदाई गरिएको छ ।
खेलाडीसहितको टोलीलाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले विदाई गरिएको हो । नेपालले जुन २ मा मलेसिया र जुन ६ तारिखमा चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
विराज महर्जनको कप्तानीमा रहेको २३ सदसीय नेपाली टोली बिहीवारै मलेसिया प्रस्थान गर्नेछन् । यस पटकको मैत्रीपूर्ण खेलमा भरत खवास र विमल घर्तीमगर समावेश छैनन् । मुख्य प्रशिक्षक योहान कालिनले दुई खेलका लागि दुई फरवार्ड भरत र विमललाई टिममा राखेका छैनन् ।
नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया