२३ गते सार्वजनिक बिदा

सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदउल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका हुन् । । 
मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?