काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् । उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् ।
मोदीले सपथ लिएसँगै राष्ट्रपतिले अरु २४ मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ दिलाएका छन् ।
मोदी सरकारको २४ सारथीमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, डीवी सदानंद गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेंद्र सिंह तोमर, रविशंकर प्रसाद, हरसिमरत कौर बादल, थावरचन्द गहलोत रहेका छन् ।
यसैगरी नेपाल मामिलाका जानकार भारतीय पूर्व विदेश सचिव एस जयशंकर पनि मन्त्री बनेका छन् ।
यस्तै रमेश पोखरियाल निशंक, र्जुन मुंडा, स्मृति ईरानी हर्षवर्धन, प्रकाश जावड़ेकर, पीयूष गोयल, धर्मेंद्र प्रधान , मुख्तार अब्बास नकवी, प्रहलाद जोशी ,महेंद्रनाथ पांडेय, अरविंद सावंत, गिरिराज सिंह र गजेन्द्र सिंह शेखावतपनि मन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया