अमेरिकाको भर्जिनियामा गोली चल्यो, ११ जनाको मृत्यु

अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

एक प्रहरीसहित ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका  छन् ।

एक सरकारी कार्यालयमा गोली हानाहान भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको हो । 

आक्रमणकारीको पहिचान भएको छैन ।  आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?