किम जोङ उनद्धारा ५ वरिष्ठ अधिकारीलाई मृत्युदण्ड ! कारण यस्तो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तरकोरियाका नेता किम जोङ उनले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन् ।

गत फेब्रुअरीमा भियतनामको हनोइमा  भएको ट्रम्प किम वार्ता असफल भएको थियो ।

उक्त भेटवार्तामा केही सम्झौता हुन सकेको थिएन । दुई नेताबीच भएको सो भेटवार्ता असफल भएको मानिन्छ ।

  दक्षिण कोरियाको एक अखबार चोसन इल्बो ले एक समाचार प्रकाशित गरी सो कुराको पुष्टि गरेको छ ।

रिपोर्टअनुसार ती अफिसरहरुलाई फायरिङ स्कावयडले गोली ठोकेर मृत्युदण्ड दिएका थिए ।

त्यसमा उत्तरकोरियाका अमेरिकास्थित विशेष प्रतिनिधि पनि परेका छन् ।

रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठक तय गर्ने जिम्मेवारी लिएका विशेष प्रतिनिधि किम होक चोलमाथि धोखा दिएको आरोप लगाइएको थियो ।

भियतनाममा भएको दुई नेता बीचको बैठकमा होक साथमै थिए ।

 किमले यसअघि राजीतिक गुरुकै रुपमा रहेका जाङ थायक लगायतहरुमाथि पनि भ्रष्टाचार र देशद्रोह लगायतका मुद्धामा गोली ठोकर मृत्युदण्ड दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?