सैनिक जवानलाई बाघले आक्रमण गरेपछि…

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आज दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो ।
 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई  घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ ।
 बाघले कार्यक्षेत्रमा रहेका वटुकदल गणका पियूठ फैजाराज विकलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विक गम्भीर घाइते भएका छन् ।
 घाइते विकलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । बाघले विकलाई निकुञ्जको मुख्य कार्यालयबाट करीब १५० मिटर टाढा आक्रमण गरेको थियो ।

खोरमा राखिएको बाघको गतिविधि हेर्नका लागि सिसी क्यामेरा जडान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?