एजेन्सी । लिभरपुलले ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
शनिवार राति सम्पन्न भएको फाइनल खेलमा लिभरपुलले टोट्नह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै यो सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको हो । खेल शुरु भएको २ मिनेट पनि बित्न नपाउँदै लिभरपुलले पेनाल्टी हान्ने अवसर पायो ।
सो अवसरलाई मोहम्मद सलाहले सदुपयोग गर्दै गोल गरे र क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडी रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल थप्यो ।
खेलको ८७ औँ मिनेटमा जोर्गेन क्लोपले लिभरपुलका लागि गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।
निर्धारित समयसम्म टोट्नह्यामले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० गोलको हार बेहोर्यो । उपाधिसँगै लिभरपुलले छैटो पटक च्याम्पियनस लिगको उपाधि जितेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया