विश्वकप क्रिकेटमा अष्ट्रेलियाको विजयी शुरुवात

एजेन्सी । अष्ट्रेलियाले जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ  ।

इंग्ल्याण्डको ब्रिस्टोलमा शनिवार राति सम्पन्न भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । २ सय ८ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको अष्ट्रेलियाले ३४ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नर र कप्तान आरोन फिन्चले अर्धशतकीय पारी खेले । वार्नरले अविजित ८९ रन तथा फिन्चले ६६ रनको योगदान दिए । त्यस्तै उस्मान ख्वाजाले १५ रन तथा स्टिभ स्मिथ १८ रन बनाए । यता अफगानिस्तानका गुल्बादीन नाईब, मुजिब उर रहमान र राशिद खानले समान १-१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रनको योगफल तयार पारेको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५१ रनको अर्धशतकीय पारी खेले ।

रहमत साहले ४३ रन, कप्तान गुल्बदीन नाइबले ३१ रन तथा राशिद खानले २७ रन बनाए । 

अष्ट्रेलियाक लागि एडम जाम्पा र पाट कुमिन्सले समान ३-३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए । यो जितपछि अष्ट्रेलियाले महत्वपूर्ण २ अंक जोडेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?