एजेन्सी । अमेरिकाको भिसा आवेदकले अबदेखि सामाजिक सञ्जालको आफ्नो सबै गतिविधिहरु बुझाउनु पर्ने भएको छ ।
अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका नयाँ नियम लागु गरेसँगै आफुनो सबै सामाजिक सञ्जालको गतिविधिहरु अनिवार्य रुपमा बुझाउनु पर्ने जनाएको हो । स्टेट डिपार्टमेन्टले विद्यमान व्यवस्थामा परिमार्जन गर्दै सामाजिक सञ्जालका गतिविधिहरु आवेदनका क्रममा पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो ।
सन् २०१८ को मार्चमा ट्रम्प प्रशासनले यससम्बन्धी प्रस्ताव गरेको थियो । अमेरिकाको नागरिक अधिकारबारे वकालत गर्ने अमेरिकी सिभिल लिबर्टिजले यसको प्रभावकारिता र निष्पक्षतामाथि प्रश्न उठाएको थियो । त्यसको केही समयपछि कार्यान्वयनमा ल्याइएको यो व्यवस्थाबाट झण्डै एक करोड ४७ लाख मानिसहरु प्रभावित हुने अनुमान छ ।
आवेदकहरुले सामाजिक सञ्जालको नामसँगै पाँच वर्षदेखि प्रयोग गरिरहेको इमेल ठेगाना र फोन नम्बरको विवरण बुझाउनुपर्ने व्यवस्था बनाएको समेत उल्लेख गरेको छ ।
विशेषगरि काम र अध्ययनका लागि अमेरिका जान चाहनेका लागि सामाजिक सञ्जाल, फोन नम्बर र इमेल ठेगानाको विवरण अनिवार्य रुपमा बुझाउनु पर्ने व्यवस्था गरिएको हो ।
यसअघि आतंकवादी समूह नियन्त्रित क्षेत्रका मानिसहरुले मात्र सामाजिक सञ्जालका गतिविधि भिसा लिनुअघि बुझाउनु पर्ने नियम लागु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया