नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ ।

शनिबार राति आएकोे वर्षातका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । 

 जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे उक्त सडकखण्डको पाँचकिलो र जलविरे भन्ने क्षेत्रमा पहिरो गएको थियो ।

अहिले पहिरो हटाउने कार्य भइरहेको र अझै दुइ देखी तीन घण्टा सम्म लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड निर्माणका क्रममा गत वर्ष पनि पहिरोका कारण यात्रुले समस्या खेप्नु परेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?