सडक दुर्घटनामा पत्रकारसहित दुईको मृत्यु

काठमाडौंको धोविघाटमा आइतबार दिउसो सवारी दुर्घटना हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ।

विपरीत दिशाबाट आउँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोविन्द घिमिरे शर्मा रहेको नर्भीक अस्पतालले जानकारी दिएको छ।

शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान ९जोना० का नवनिर्वाचित अध्यक्ष थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?