विप्लवद्वारा सोलुखुम्बुमा चौकी आक्रमण, हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइयो

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गरेसँगै प्रहरीहरु चौकी छाडेर भोगेका छन् । 

चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी आज ‘सोमवार’ पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । आइतवार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरमा महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेका थिए ।

उक्त घटनापछि सोलुखुम्बुमा हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?