काठमाडौंको मुटुमा ‘बसन्तपुर दरबार स्क्वायर’

काठमाडौं । बसन्तपुर दरबार स्क्वायर क्षेत्र घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रुपमा पनि निक्कै प्रशिद्ध छ ।

यहाँ घुम्नका लागि दैनिक हजारौँको संख्यामा विदेशी पर्यटकहरु आउने गर्छ । काठमाडौं उपत्यका लगायत देशबाहिरका मानिसहरु पनि असन र न्यरोडमा सामान किन्न बसन्तपुर दरबार क्षेत्रको बाटो नै प्रयोग गर्ने भएकाले पनि यो क्षेत्रमा भिडभाड धेरै हुने गर्छ ।

वि.स २०७२ साल वैशाख १२ गते आएको विनासकारी भूकम्पका कारण यस क्षेत्रमा रहेको ऐतिहासका मठमन्दिरहरु ढलेका थिए । भूकम्पका कारण क्षति भएको मठमन्दिरहरुले अहिले पनि निर्माणाधिन अवस्थामा रहेको छ । त्यतिबेला बसन्तपुर दरबार क्षेत्रको मन्दिरहरु ढल्दा सयौंको संख्यामा मानिसहरुले ज्यान समेत गुमाएका थिए । 

तर, अहिले पनि प्राचीन कालमा कुदिएको वस्तु तथा कलाले भरिएको यस क्षेत्रमा घुम्न आउने पर्यटकको संख्यामा भने कमि आएको छैन ।  विशेषगरि साँझको समयमा बसन्तपुरमा भिडभाड धेरै हुने गरेको स्थानियहरु बताउँछन् । 


तस्वीर : बिप्लव जमकट्टेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?