विप्लवमात्र होइन गैरकानुनी गतिविधी गर्ने हरेक राज्यको निगरानीमा पर्छ : प्रहरी प्रवक्ता पोखरेल (भिडियोसहित)

नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले गैरकानुनी गतिविधि निस्तेज बनाउन प्रहरीले आफ्नो अधिकार क्षेत्रभित्र रहेर जुनसुकै कदम चाल्न सक्ने बताएका छन् ।

लोकपथ डटकमको कार्यक्रम खास कुरामा आफ्नो धारणा राख्दै प्रवक्ता पोखरेलले विप्लव समुह उदण्ड हुदै गए प्रहरी अझै आक्रामक रुपमा प्रस्तुत हुनसक्ने संकेत गरे ।

प्रहरीले नियन्त्रणमा लिएर सुर्खेतका ज्ञानेन्द्र शाहीलाई यातना दिएको विषयमा प्रवक्त पोखरेलले भने , नियन्त्रण लिने क्रममा दुईपक्षविच तछाडमछाड हुँदा ज्ञानेन्द्र शाहिलाई चोटपटक लाग्न पुगेको हो । त्यो घटनाको भिडियो हेर्दापनि थाहा हुन्छ । प्रहरीमाथि उहाँले कस्तो व्यवहार गर्नुभएको थियो भन्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?