लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह

कोहलपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा उनले वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको बताए । 

काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्रको विधि र प्रक्रिया मिचेर सरकारले जनताको स्वतन्त्रता मास्न खोजेको आरोप लगाए । उनले काङ्ग्रेस रहेसम्म मुलुकको लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता कसैले मास्न नसक्ने बताए ।

सभामा काङ्ग्रेस  केन्द्रीय सदस्य डिला सङ्ग्रौला, किरण कोइराला, नेताहरु चन्द्रसिंह भण्डारी, सञ्जय गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीबाट हत्या गरिएका काङ्ग्रेस कार्यकर्ता कोहलपुरका चोपबहादुर खत्री र जागेश्वर थारुको नाममा रु एक÷एक लाखको अक्षय कोष स्थापना गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?