काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीलाई अदालतले डिल्लीबजार कारागार चलान गरेको छ ।
जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका गिरीलाई अदालत डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो ।
गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरीलाई पक्राउ गर्न माग गर्दै उनकी पत्नी आरती रावल अनशन बस्दै आएकी थिइन् ।
आफूलाई घरेलु हिंसा र यौनशोषण गरेको भन्दै गीरीकी पत्नी आरतीले बलात्कार मुद्दा दायर गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया