बुवाले छोरीलाई खुर्पा हाने !

धादिङ ।  धादिङ नीलकण्ठ नगरपालिका १४ धुवाँकोट अम्वोटेमा  आफ्नै बुवाले खुर्पा प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाएका छन्। बलराम वस्तीले छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरेर घाइते बनाएका छन्।

सुनिताको निधारमा गहिरो चोट लागेको र अहिले उपचार भइरहेको आफन्त बासुदेव भट्टले जानकारी दिए । सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार सामान्य वादविवाद भएपछि बलराम वस्तीले छोरीलाई खुपार्ले हानेको थिए। 

घाइते सुनिता र उनकी आमा हेटौडामा बस्थे। उनी त्यही रोजगारी गर्थिन्। उनी नागरिकता बनाउन घर आएको समयमा वादविवाद हुँदा खुर्पा प्रहार भएको बुझिएको छ। नागरिकता बनाउन बुबा बलराम वस्तीले नै बोलाएपछि हेटौडामै रहेका आमाछोरी सोमबार मात्रै धुवाँकोट घर आएका थिए। 

बलरामलाई नियन्त्रणमा लिएर अनुसन्धानन सुरु गरिएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?