६ घन्टामै सगरमाथाको सफल आरोहण

काठमाडौं । सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर ३२ वर्षीय मिङ्मा दोर्ची शेर्पाले नयाँ कीर्तिमान राखेका छन् ।

संखुवासभा जिल्ला  तथा मकालु गाँउपालीका २ निवासी शेर्पा यहि २०७६ जेठ १३ गते बिहान ६ वजेर ४५ मिनेटमा ६ घण्टा १ मिनेट लगाएर सगरमाथाको सफल आरोहण गरेका थिए । उनले यो नयाँ कीर्तिमान कायम गरेको जिपीएस ट्रेकीङले पनी प्रमाणीत गरेको छ ।

यो भन्दा अघि निर्मल पुर्जा नामक एक व्यक्तीले १० घण्टा १५ मिनेट लगाएर सफल आरोहण गरेका थिए ।

बाकी अब शेर्पाले गिनीज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र पाउन मात्र बाँकी छ ।
काठमाडौमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले नयाँ कीर्तिमान राखेको र आफुलाइपनी कीर्तिमान राख्न चाहेको शेर्पाले बताए । उनले सगरमाथा भन्दा सानो उचाइमा रहेका धेरै  हिमालहरु सफल आरोहण गरिसकेको कुरा पनी बताए । शेर्पाले देश विकासको लागी पर्यटन व्यवसायीसँग सहकार्य गरी अघी बढ्नुपर्ने सल्लाह दिए । सानै उमेरमा बुवा-आमा गुमाएका शेर्पाले पढ्न पाएनन् र जीवन चलाउनका लागी हिमाल आरोहण तिर लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?