राष्ट्रपति भण्डारी नेपालगञ्जमा

राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज पुगेकी छिन् ।

अपराह्न साढे  २ बजे नेपालगञ्ज विमानस्थलमा पुगेकी राष्ट्रपतिको सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिए । राष्ट्रपति भण्डारी अहिले नेपालगञ्जस्थित एक होटेलमा बसेकि छिन् ।  

साँझ साढे ५ बजे  सिद्धार्थ कटेजमा शुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ । पहिलो पटक राष्ट्र प्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुसलमान समुदाय हर्षित भएको मुस्लिम समाज बाँकेका संयोजक अब्दुलवाहिद मन्सुरीले जानकारी दिए ।

राष्ट्रपतिको सचिवालयका उपसचिव शर्माका अनुसार राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै बसेर बुधबार बिहान बाँकेको वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुनु छिन् ।  

राष्ट्रपति भण्डारी नेपालगञ्ज गएसंगै सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको  बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?