दुर्घटनालाई न्यूनीकरण गर्न ‘लेजर स्पिड गन’ प्रयोग

काठमाडौं । बढ्दै गरेको सवारी दुर्घटनालाई कम तथा न्यूनीकरण गर्न उपत्यकाका  विभीन्न चौडा सडकहरुमा महाशाखाले सवारीसाधनको गती नीर्धारण गरेकोे छ ।

कोटेश्वर सूर्यविनायक र कोटेश्वर कलंकी क्षेत्रमा सवारी साधनको गती मापन गर्न लेजर स्पिड गनको प्रयोग गर्ने भएको छ । सवारी साधन कती दुरी बाट हिड्न सुरु गर्यो भन्ने विवरण पनी उक्त यन्त्रले दिन्छ । लेजर स्पिड गन नेपालमै पहिलोपटक प्रयोग गने लागीएको र एक सातापछि रफ्तारमा चल्ने सवारीसाधन विरुद्ध कार्वाही हुने महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

कोटेश्वर सूर्यविनायक र कोटेश्वर कलंकी सडकखण्डमा प्रतीघण्टा ५० किलोमीटरको दरले मात्र सवारीसाधन हाक्न पाइने छ भने सर्भिस ट्-याकमा प्रतिघण्टा २० किलामिटरका दरले हाक्न पाइने महाशाखाले जनाएको छ । उक्त स्पिड भन्दा बढी स्पिडमा सवारीसाधन हाक्नेलाइ कानुन अनुसार कार्वाहि गरिने छ ।

लेजर स्पिड गनबाट गती नाप्ने कार्य सोमबारदेखीनै सुरु र्भसकेको छ तर तिब्र रफ्तारमा हाक्नेलाइ कार्वाहि भने अर्को साता देखी सुरु हुनेछ । प्रयोग प्रविधि नयाँ भएकाले सुरुमा चालकहरुलाई सुसूचित गरिने ट्राफीकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?