विश्व वातावरण दिवस यसरी मनाईदै

झाँपा । जिल्लाका सबै कर्मचारी सुरक्षाकर्मी, स्थानीयवासी र विभीन्न दलका राजनीतिज्ञ व्यक्तित्वहरु एकतृृत भई विश्व वातावरण दिवस पारेर वृक्षारोपण गरेका छन् ।

उक्त वृक्षारोपण कार्यमा लामपाते र पानीसाझ जातका बिरुवा रोपीएका छन् । १द्द बिघा चौडा क्षेत्रफलमा रहेको उक्त सामुदायिक बनको जम्मा ४ बिघा जग्गामा जिल्लाका सबै कार्यालय प्रमुखहरुले बोटबिरुवा रोपेका थिए ।

सो क्षेत्रमा रोपीसकेको बिरुवालाई समय समयमा रेखदेख गर्नका लागि उक्त वनका कर्मचारीलाई प्रदेश नम्बर १ का सांसद गोपाल बुढाथोकीले निरन्तर अनुगमन गर्नुपर्ने उल्लेख गरे । कार्यक्रमस्थलमै प्रत्येक व्यक्तीलाई आँप, मेवा, लिची जस्ता बिरुवाहरु डिभीजन बन कार्यालयले बितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?