सामूहिक बलात्कारमा परेकी किशोरीको स्वास्थ्य अवस्था गम्भीर

जनकपुर–सामूहिक बलात्कारमा परेकी किशोरीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

गत फागुन ११ गते साँझबाट घरबाटै हराएकी किशोरीमाथि ३ महिनासम्म भारतमा बन्धक बनाएर सामूहिक बलात्कार भएको खुलासा भएको थियो ।

पिडित  किशोरीको स्वास्थ्यअवस्था गम्भीर रहेको र मानसिक रुपमा विच्छिप्त रहेका कारण उनको स्वास्थ्य अवस्था बिग्रदै गएको हो ।

ती किशोरीको मुटुमा पनि समस्या देखिएपछि अहिले जनकपुर अञ्चल अस्पताल स्थित शहिद गंगालाल हृदय केन्द्रमा उपचार भईरहेको छ ।
 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?