कस्ले दियो सरिता लामिछानेलाई धम्कि?

काठमाडौं । अभिनेत्री सरिता लामिछानेले आफुलाई बिभिन्न किसिमको धाकधम्की आउने गरेको बताएकी छन् ।

राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले सो जानकारी दिएकी हुन् । आगामी २५ गते शनिबार हुन लागेको नेपाल चलचित्र कलाकार संघको साधारण सभामा अध्यक्ष पदको उमेद्वारी दिएकी लामिछानेले आफु असुरक्षित महशुस भएको बताएकी छन् ।

‘२० बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको छ’ पत्रकार सम्मेलनमा सरिताले भनिन् ‘ आफ्नो एजेन्डा राख्दै भनिन् ‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

कार्यक्रममा लामिछानेले आफ्नो पिडा दुखेसो, एजेन्डा र गुनासो सबै राखेकी छन् ।  गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा लगायतको उपस्थिती रहेको कार्यक्रममा उनले थपिन् ‘चुनावमा हार वा जीत हुन्छ । तर प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न मिल्दैन ।’

कार्यक्रममा उनले चलचित्र कलाकारसंघलाई एक भवन दिने एजेन्डा समेत प्रस्तुत गरेकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?