पशुपतिनाथमा ९ किलो सुन

 पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम सुन जम्मा भएको छ ।

विं सं २०१९ देखि २०७५ सम्मको विवरण हेर्दा ९ किलो सुन  र ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी त्यहाँ संकलित छ ।

समितिका अनुसार यो  २०१९ भन्दा अगाडिको मुचुल्का प्राप्त भएको छैन ।

 उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो ।

समितिले हालै प्रतिवेदन तयार गरेर बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?